Haribhakta Katowal : A Tribute to the Great Poet.
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।
खिया लागेका कलका पूर्जाहरु जस्तै
गणितका सूत्रहरु पनि साह्रै पुराना भैसके
रहर छैन मलाई बाँचिदिने
केवल इतिहासका पाना हरुमा,
मैले त बाच्नुपर्छ आउने दिनहरुमा
इतिहासभन्दा बढी अरु केही भएर
त्यसैले, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरो पाखुरालाई
योजना होइन
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र गर्नु छ भुक्तान जम्मै
धरतीले बोकाएका ऋणहरुको
बा, पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहा मरेका दिनहरुको।
असम को पूर्वी प्रान्त डिब्रुगड़ अन्तर्गत बड़बिलको गेर्गेरी नामक गाउँमा अंग्रेजी 1935 सालको 2 जुलाईको दिन जन्म भएको हो । जन्मिएर वर्षदिन नपुग्दै हरिभक्तले बड़बिल छोड़ेर बगीबिलमा बसैं हिड़्नु परेको थियो । ब्रह्मपुत्र नदीमा आफ्नो सर्वस्व गुमाएका पिताले ९ महिने छोरो हरिभक्तलाई च्यापि बगीबिलतिर लागेका थिए । अति दरिद्र परिवारमा जीवन जिउने कटोवालज्युको जीवन सदैव घात-प्रतिघातले भरिएको एक संग्राममय जीवन थियो । कटोवालज्युको "रहर" साचों थियो !
"फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।"
Haribhakta Katowal : A Tribute to the Great Poet.
कवि हरिभक्त कटोवाल
असम को पूर्वी प्रान्त डिब्रुगड़ अन्तर्गत बड़बिलको गेर्गेरी नामक गाउँमा अंग्रेजी 1935 सालको 2 जुलाईको दिन जन्म भएको हो । जन्मिएर वर्षदिन नपुग्दै हरिभक्तले बड़बिल छोड़ेर बगीबिलमा बसैं हिड़्नु परेको थियो । ब्रह्मपुत्र नदीमा आफ्नो सर्वस्व गुमाएका पिता वीर बाहादुर अनि माता विष्णुमायाले बालक हरिभक्तलाई च्यापि बगीबिलतिर लागेका थिए । अति दरिद्र परिवारमा जीवन जिउने कटोवालज्युको जीवन सदैव घात-प्रतिघातले भरिएको एक संग्राममय जीवन थियो ।
कटुवालले सनकसिंह ठकुरी की छोरी जयकुमारीसँग विवाह गरे । तीनवटी छोरी र एक छोरा जन्मे ।
कटोवालज्युको "रहर" साचों थियो !
"फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिड्नभन्दा
बाटो बनाउँदै हिड्न रहर लाग्छ।"
कवि हरिभक्त कटुवाल यस्तै जटिल परिवेशमा बाँचेका चर्चित कवि हुन् । आफ्नो सम्पूर्ण जीवनकाल कविकै परिचयमा व्यतित गरेका उनको जीवन कुनै नाटकको दुखान्तः पात्रको झैं घात प्रतिघातमा बितेको थियो । 1964 देखि 1979 सालसम्म साहित्य लेखनमा निरन्तर क्रियाशील उनको ऊर्जाशील जीवन नेपालमा नै बितेको थियो ।
उनको ‘सम्झना’ गीति संग्रह, ‘भित्री मान्छे बोल्न खोज्छ’ कविता संग्रह, ‘सुधा’ खण्डकाव्य, ‘यो जिन्दगी खै के जिन्दगी’ कविता संग्रह, ‘स्पष्टीकरण’ कथा संग्रह र ‘बदनाम मेरा यी आँखाहरू’ गीति–कविता संग्रह प्रकाशित छन् ।
यस्तै, उनले ‘मुक्ति’, ‘हिमानी’, ‘संगीत सरिता’, ‘बान्की’, ‘अभिव्यक्ति’ लगायतका पत्रिकाहरूको सम्पादन पनि गरेका छन् । कटुवालको ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘पोखिएर घामको झुल्का’, ‘हाँगाहाँगा वनभरि चैत फुलेछ’ लगायतका गीत लोकप्रिय छन् ।
1980 सालको 10 सेप्तेम्बरको दिन डिब्रुगड़को असम मेडिकल कॉलेज हस्पितालमा हरिभक्त कटोवालज्युको देहान्त भयो । छोटो आयु को जीवन बाच्नु भएको कटोवालज्यु, वहाँका रचनाहरु माझ अमर रहनु भएको छ ।
Conclusion:
कवि कटोवाल र समाज, सधैं रहेको दु:खद अनुभव । वेदनाका आँसुलाई शब्दमा रुपान्तर गरि मार्मिक सृजना गर्ने कटुवालज्युको जन्म जयन्ती मा नमन ।
मन त फलामकै भए असल हुन्छ- Haribhakta Katowal
मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ,
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ ।
कसैले चिमोट्यो
एक कप्टेरो त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो
उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ,
जता पनि ढलेकै छ
मनको बह कसैसित नकह
कसले बुझ्छ, कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो
मन उतै भुल्यो
बैंसले जाऊँ है भन्न लाग्यो
पीर झनै ठूलो
आकाश देख्यो आकाश जत्रै
बतास चल्यो बतासजस्तै
नौनीजस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ
त्यसैले पनि
मन त फलामकै भए असल हुन्छ ।

0 Comments