Asaar 15 असार-१५ को महत्व
असार १५ । एउटा पारम्परिक लोकाचार, चाड़ । नामै जसको ठेगाना हो, प्रत्येक वर्षको असार महिनाको १५ गते मनाउने उत्सव ।
असार-१५ के हो ?
उत्सव अथवा चाड़हरु सवै कृषि, धर्म, शरीर र संस्कार आधारित हुन्छन । त्यसमध्ये यो चाड़ असार-१५ चाँहि कृषि कर्म संग जोड़िएको एक विशेष उत्साहवर्धक चाड़ हो ।
किन मनाईन्छ ?
मानव सभ्यता को विकाश भएर समाज को सृजना हुने साथै कृषि कर्म गर्ने चलन पनि शुरु भएको हो । खाद्यको व्यवस्थामा मान्छेले चामलको व्यवहार गर्न थाले पछि धान, गहुँ खेति गर्ने सिके । विशेष गरि धान खेतिनै वर्षभरिको मुल खेति रोजिएको हुनाले सबैभन्दा धेर, सबै मान्छेले धान खेति गर्ने चलन भएको हो भन्न सकिन्छ । समाजका प्रत्येक व्यक्ति/परिवारले नै आफ्नो खाद्यको जोगाड़ गर्नु जरुरी हुनाले खेति गर्नु वाध्यतामुलक थियो । किनकी अर्को कुनै कर्मले प्रतिदिनको खाद्यको आपुर्ति गर्न सक्षम थिएन । कृषिकर्म को विकल्पमा कुनै पनि कर्म कृषि माथिनै निर्भरशील हुनु पर्थो । त्यस कारण, धान खेति अत्यन्त गुरुत्वपूर्ण थियो । त्यही गुरुत्वपूर्ण खेति गर्ने काम को महत्वपूर्ण एउटा दिन हो असार-१५ । भनाई र बुजाई अनुसार असार को पन्द्रह भन्ने यस दिन देखि त्यो वर्षको रोपाँई प्रारम्भ गरिने चलन भएको हो । यस दिन विशेष खाद्यान्न कृषिकर्मी हरुले खाने चलन भएको हो ।
धान रोपने रोपाहार हरुलाई, खेति कर्ममा जड़ित सबैले यस दिन परम्परा अनुसार दही, चिउरा, केरा लगाएत कटहर, आम ईत्यादि को समाहार गरिन्छ । वर्षभरि खान को आपुर्ति हुने खेति रामरी होस, लगनशील तरीकाले रोपाँई होस यही मनोकामना राखि, सबै मिलि यो खाद्य खुवाईन्छ अथवा खाईन्छ । खाद्य सुचीमा दही र चिउरा चैं अवश्यनै पाईन्छ ।
किन दही चिउरा ?Asaar 15 असार-१५
दही र चिउरा को व्यवस्था गर्नुमा कतिपय कारण छन ।
- सुविधा अनुसार दुईटै चीज घरमैं बनाईन्छन । धान खेति को कर्म शुरु हुने समय मा सबैका घरमा चामल कुटेर आवश्यक परिमाणमा चिउरा प्रस्तुत गरिएको हुन्छ । घरका सबै मान्छे खेत जानु पर्ने हुनाले पकाई-बनाई गर्न नभ़्याउने खण्डमा चिउरानै दिनको प्रधान आहार हुन्थ्यो ।
- सबै कृषिकर्मीको घरमा पशुपालन हुन्थो र दुध दही सरोबरी हुने गर्छ । त्यस कारण, झटपट खाने व्यवस्थामा दही-चिउरानै उत्तम मानि प्राधान्य भएको हो ।
दहीका फाइदा:-Asaar 15 असार-१५
- दही बनाउने ल्याक्टोब्यासिलस ब्याक्टेरियाले पाचन प्रक्रियामा सहयोग पुग्छ।
- दहीमा क्याल्सियम र मिनरल बढी मात्रामा पाइन्छ।
- दहीले मांशपेसी र हाड बलियो बनाउन मद्दत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
- पेट गडबडी हुँदा अर्थात् पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम हुन्छ।
चिउराका फाइदा:- Asaar 15 असार-१५
- प्रशस्त कार्बोहाइड्रेड भएकाले काम गर्न शक्ति प्रदान गर्छ।
- फलामको ओखलमा कुटेको चिउरामा आइरनको मात्रा बढी हुन्छ।
- चिउरा पकाउनु नपर्ने भएकाले हामीले जुनसुकै प्रकारका साथ कुनैपनि तरिकाले खान सकिन्छ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ । भोजनको अन्त्यमा दही पिएमा औषधिको स्वरूप काम हुने गर्छ । दहीले पाचन शक्ति बढ़ाउनका साथै पखाला लागेका बेला दही चिउरा खाएमा उपचार हुन्छ ।
Conclusion:
असार-१५ चाड़ को महत्व अहिले कमदै आएको देखिन्छ । खेति संग संलग्न हुनाले यो चाड़ केवल एउटा निमित्त मत्रै ठान्निन पुगेको छ, किनकि खेतिकै प्रचलन अथवा हामी गोर्खा नेपालीभाषीहरु कृषिकर्म बाट टाड़िदै छन । जति कृषि कर्म बाट जति टाड़ा जाईँदैछ, यस्ता चाड़हरुको महत्व पनि घटदै छ भनि अनुमान गरिन्छ ।

0 Comments